काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । माघ १२ गते हुन गइरहेको बेला संगठनले आज उमेदवारीहरुको नाम सार्वजनिक गरेको छ । क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार (माघ १२ गते) निर्वाचन हुँदैछ।
अध्यक्ष पदमा चारजनाले उम्मेदवारी दिएका छन् । अध्यक्षको उमेदवारमा विजयप्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल र योगेन्द्र बुढा रहेका छन् । एक जना अध्यक्ष पदका लागि चारजनाबीच निकै कडा प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, ९ उपाध्यक्षका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महासचिप पदमा सञ्जयकुमार महतो, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका, रोशन थापामगर, सञ्जिव फुयाल, प्रतीक कार्की र पदम काफ्लेले उम्मेदवारी दिएका छन्। माओवादीका नेताहरुको आफ्ना आफ्ना गुटबाट उम्मेदवार उठाएका छन्। माओवादीभित्रको गुट र उपगुटका कारण योग्य उमेदरवार छनोट हुन नसकेको भन्दै केहीले विरोध समेत जनाइरहेका छन् ।
यसअघि क्रान्तिकारीले ३२ वर्षे उमेर हदमाथि निर्णय गर्न चुनाव गरेको थियो। तर उमेर हदका कारण उमेर कटेकाहरु पाटीमा महत्वपूर्ण योगदान गर्नेहरुले नेतृत्व गर्न नपाउने भएपछि उमेर हदका कारण निकै चर्को आलोचना समेत भएको थियो ।




