राजनीति

संविधान संशोधन ०८७ मा मात्रै हुने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष ओलीले राष्ट्रिय सभाको संख्यालाई संकेत गर्दै संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् । केही दिन अघिसम्म अध्यक्ष ओलीले कांग्रेस र एमाले नेतृत्वको सरकार गठन भएकाले संविधान संशोधन सहजै हुने बताउँदै आएका थिए । राजनैतिक वृतमा संविधान संशोधनका विषयमा विभिन्न फरक मत आइरहेका बेला ओलीको सो जवाफले झनै प्रश्न खडा हुने अवस्था सिर्जना भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *