काठमाडौं । दाङमा रास्वपाका नगर उपसभापति एमालेमा प्रवेश गरेका छन् ।
रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतनकुमार केसी लगायतले उनलाई पार्टीमा स्वागत गरेका छन् । पछिल्लो समय रास्वपाबाट अन्य पार्टीमा जानेको संख्या बढ्दो छ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति पक्राउ परेपछि रास्वपाप्रतिको नेता तथा कार्यकर्ताको विश्वास गुम्दै गएको छ ।




