काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल जारी छ । बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सो बैठक आजै सक्ने माओवादीको तयारी रहेको छ । माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। माओवादी बैठकको पुस २१देखि २४ गतेसम्म संचालन गर्ने तालिका रहेको थियो ।




