काठमाडौं । एमाले सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू जनुसुकै विधि र प्रविधि अपनाएर भएपनि पक्राउ गरेर कारबाही गर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई प्रतिवेदनका आधारमा सरकारले कारबाहीको दायरामा ल्याउने सभापति थापाले बताए ।
‘पानीमुनि गएपनि छाड्दैन, आकाशमै गएपनि छोड्दैन । पाताल मुनि गएपनि छाड्दैन । एउटा राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति प्रतिवेदनले गरेको उनको भनाइ छ ।
सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा सहकारीको समस्या हल गर्न अनुसन्धान सरकारले अगाडी बढाएपछि अपराधिक क्रियाकलापमा लागेका व्यक्तिलाई उन्मुक्ति दिन विभिन्न राजनैतिक दल र जिम्मेवार व्यक्ति नै लागेपछि सरकार देशमा सुशासन कायम गर्ने दिशामा अगाडी बढेको छ । अहिले सोही प्रतिवेदनका आधारमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
समिति गठन गरेर प्रतिवेदन तयार गर्दा पाँचवटा पार्टीको सहमति भएको तर एक पार्टीमात्र लागेको जस्तो गरि अन्ध भक्तहरुले प्रचारप्रसार गरेपछि समितिका सभापति थापाले आक्रोस व्यक्त गरेका छन् ।




