काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नगर प्रमुखका लागि मतदान भएको एक मात्र नगरपालिका काठमाडौंको कीर्तिपुरमा मत गणना जारी छ । यहाँ मतगणना शुरू भएदेखि नै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार ५ वटा वडाको मतगणना सकिएको छ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका कृष्ण डंगोलले ३३८१ मत पाएका छन् । कीर्तिपुरमा १२ हजार भन्दा बढी भोट गन्दा उनले ६५८ को अग्रता कायम राखेका छन् । दोस्रोमा रहेका एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले २७२३ मत पाएका छन् भने माओवादीले पनि दुई हजार कटाएको छ । माओवादी उम्मेदवार प्रा डा २२९८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत पाएका छन् ।