
काठमाडौं । कोशी प्रदेशमा देखिएको समस्या समाधानका लागि मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहमा भएको सहमतिमा कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय बनाउने तयारी छ । उद्योग कृषि र सहकारी मन्त्रालयबाट फुटाएर उद्योग मन्त्रालय बनाउने तयारी छ ।
दुई दलका बीचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन अलग गर्नेबारेमा समेत भएको एक नेताले जानकारी दिए । कोशीमा सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षबीच मन्त्रालयको विभाजनका बारेमा सहमति जुट्न नसकेपछि कांग्रेस र एमालेको सहमतिमा नै मन्त्रालयको संख्या बढाउने तयारी भएको हो ।