काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) देशका तीन तहमा क्रमश भ्रष्ट्राचारसम्बन्धि गतिविधि मौलाएको बताएका छन् । वर्तमान राजनीति अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई दिएको बताउँदै एकिकृत समाजवादी पाटीले भ्रष्ट्राचार न्युनीकरणका लागि सबैले आवाज उठाउनुपर्ने बताएका हन्
आइतबार काठमाडौंमा आसन्न राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको स्पष्ट पारेका हुन् ।
महासचिव घनश्याम भुसालले पुनरुत्थानवादी शक्तिहरूले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खलबल्याउने प्रयत्न गरिरहेको बताए । राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको भन्दै उनले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने सरकार लाग्न्पर्ने बताए । मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने भएको छ ।




