काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीले पाटीको अनुशासन बाहिर रहेका ३ जनालाई क्षमा दिएका छन् । महामन्त्री राजेन्द्र गुरुङका अनुसार सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैकठकमा कुटपिटको घटनासम्बन्धी विषय समाधान भएकाले तीनै जनाको निलम्बन फिर्ता लिने सहमति भएको हो ।
प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको पाटीभित्र केन्द्रिय सदस्यहरुले आलोचना गरेपछि अध्यक्ष लिङ्देनले उनीहरुलाई समयमा नै सहमतिमा पुगको भन्दै पुनः पाटी मै भित्र्याएका हुन् ।
शुक्रबारबाट सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठक आज सम्पन्न हुने भएको । आइतबार नै बैठकको समापन गर्ने कार्यतालिका भए पनि छलफलमाथिको बहस समयमा नै नसकिएकाले सोमबार बैठकको समापन हुन लागेको राप्रपाले जनाएको छ ।




