काठमाडौं । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउनका लागि एमाले माओवादीबीच आन्तरिक छलफल तिव्र रुपमा चलिरहेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरले छलफल गरेका छन् । उक्त छलफल पश्चात एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेट्न प्रदेश प्रमुखको कार्यालय गएका छन्।
कोशीमा मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा रहेको बन्दै कार्कीले राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने भन्दै संकल्प प्रस्ताव पेस गरेका थिए । तर मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिने र विश्वासको मत पनि नलिने बताएका छन्। केदार कार्कीले बलजस्ती गरेर एमालले सरकार गठन गरेको अवस्थामा अदालत जाने बताउँदै आएका छन् ।
उनले संकल्प प्रस्तावका आधारमा आफूले विश्वासको मत लिनु नपर्ने अडान राख्दै आएका छन् । संविधानको धारा मुख्यमन्त्री नियुक्त भएकाले अल्पमतमा पर्दैमा राजीनामा पनि नदिने उनको भनाइ छ । उक्त धारा बोमजिम गठित सरकारले एक पटक विश्वासको मत पाइसकेको उनको भनाइ छ ।
गत वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशनबाट पारित भएको संकल्प प्रस्ताव अनुसार हिजोसम्म कार्कीले आफूमाथि सदनको विश्वास छ भनी देखाउनु थियो । आजदेखि कार्की सरकार कामचलाउ हैसियतमा परिणत भएको विपक्षी दलको दाबी छ । २०८० चैत २६ मा माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।



