मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीचको भेटवार्तामा के भयो कुराकानी ? 

 काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच  आज भेट भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका पूर्व प्रधानमन्त्री खनालले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक विषयमा वार्ता गरेका हुन् ।

 भेटमा खनालले गठबन्धनलाई अझ सशक्त बनाएर अगाडी बढाउने कुरामा पाटी नकारात्मक नभएको बताए । नेता खनालले वर्तमान सत्ता गठबन्धनलाई अझ सुदृढ बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड लगायत अन्य दलसँग पनि छलफल भइरहेको  बताए । 

‘  पछिल्लो समय नयाँ समीकरण बनेपछि समिकरणलाई शक्तिशाली बनाउने विषयमा पहल जारी रहेको उनको भनाइ छ । नयाँ सकिकरणा बनेपछि एकले अर्कालाई सम्मान गर्न नसक्दा  फरक अवस्था सिर्जना हुने संकेत देखा परे पनि एकीकृत समाजवादी पाटीले केन्द्रीय सत्तागठबन्धलाई छोडेर बाहिर बस्न नसक्ने नेता खनालले बताए  । नयाँ गठबन्धनले कसैलाई काखा र कसैलाई पाखा लगाउन खोजेपछि नयाँ कुराको बहस भएको उनले बताए । 

नेता खनालले राजनीतिमा सबै नेताहरूले सहज ढङ्गबाट एक अर्कामा बोल्ने शैली नभएका कारण पनि राजनैतिक संस्कार बिग्रँदा समाजमा पाटीप्रतिको धारणामा फेरबदल आएको बताए । विगतका राजनीतिमा नेताहरूको संस्कार फरक भए पनि आधुनिक राजनीतिमा सबैले सबैको सम्मान गर्न सिक्नुपर्ने उनको भनाइ छ । 

नेता खनालका अनुसार वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना छैन । तर  प्रधानमन्त्री प्रचण्ड र ओलीसँग अध्यक्ष नेपालको दुरी लामो बन्न थालेपछि गठबन्धनमा नयाँ हलचल आउन सक्ने बुझिएको छ । पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीसँग खेल खेल्न थालेपछि   खेलेपछि अध्यक्ष नेपालले नयाँ याक्सन लिन थालेका हुन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *