मुख्य समाचार

कांग्रेस चीनसँग सहकार्य गर्न पछि हट्दैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चीनसँग सहकार्य गर्न कांग्रेस पछि नहट्ने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेस चीनसँग सहकार्य गर्न तयार रहेको बताए ।

नेपालको विकास पनि चीनको विकास सरह बनाउनका लागि नेपाल चीनसंग सहकार्य गरेर अघि बढ्न चाहेको उनले बताए । चीनले नेपाल विभिन्न प्राकृतिक विपत्तिमा परेको बेला सहयोग गर्दै आएको प्रशंसा गर्दै नेता कोइरालाले नेपाल–चीन सम्बन्ध पन्चशीलमा आधारित रहेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *