काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरुको उपस्थिति सुनिश्चित गर्न हाम्रो संगठनले जोडदार माग गरेको छ । यस प्रयोजनका निम्ति हाम्रो संगठनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क.माधवकुमार नेपालमार्फत सत्तारुढ गठबन्धनसँग माग गरेको हो ।
आज संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाउन उपयुक्त व्यक्तिहरुको नाम पनि सिफारिस गरिएको छ । त्यसमध्ये जो कोही व्यक्ति र संख्या छनौट भए पनि हामीलाई मञ्जुुर हुने छ । ०४६ सालको संयुक्त जनआन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीका निम्ति देशका पत्रकार तथा पेशाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रुपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।
अन्य पत्रकार संघ, संगठनले पनि संसदमा पत्रकारको उपस्थितिका सन्दर्भमा आ–आफ्नो आस्था भएका संस्थामार्फत यसै प्रकारले दबाब दिनुहुने विश्वास लिइएको छ । १. शम्भुलाल श्रेष्ठ पाल्पा– लुम्बिनी, आदिवासी, जनजाति पुरुष २. किशोर श्रेष्ठ ललितपुर– बागमती, आदिवासी, जनजाति पुरुष ३. बोधराज त्रिपाठी काभ्रे– बागमती, खस, आर्य पुरुष ४. कौशल चेम्जोङ उदयपुर– कोशी, आदिवासी, जनजाति पुरुष वा अल्पसंख्यक ५. राममाया भट्टराई (चमिना)–बारा, मधेश खस, आर्य महिला ६. भरतराज पोखरेल बर्दिया– लुम्बिनी, खास, आर्य पुरुष ७. सितल साह धनुषा– मधेश, मधेसी पुरुष ८. विश्वमणि सुवेदी–सुनसरी, कोशी खस, आर्य पुरुष ९. जीवन बिसी सल्यान– कर्णाली खस, आर्य पुरुष १०. भीम रसाइली मुस्ताङ– गण्डकी, दलित पुरुष ९. हेमकर्ण विश्वकर्मा कैलाली– सुदूरपश्चिम, दलित पुरुष १०. प्रतीज्ञा बूढा मगर रोल्पा–लुम्बिनी, आदिवासी, जनजाति महिला रामकुमार एलन (महासचिव) समाजवादी प्रेस संगठन नेपाल




