मुख्य समाचार

राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले गरे दल दर्ता

काठमाडौं । १२ वटा राजनीतिक दलहरुले आगामी माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दल दर्ता गरेकाे निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दल दर्ताको अन्तिम दिन शुक्रबारसम्म निर्धारण गरेको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आवेदन दिएका छन् । आइतबार आवेदन परेका दलको निवेदनमाथि जाँचबुझ गरिने प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *