मुख्य समाचार

राष्ट्रपतिको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा भारतमा भएको खर्चवापत सरकारले गरेको ५५ लाख रुपैयाँ दिने निर्णय विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले आइतबार सरकारको निर्णयकोमाथि कारण देखाउ आदेश जारी गरेको हो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *