काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार सभापतिले जनताले रास्वपाको बाटो सहज हुन्छ भन्ने देखाइदिए पनि विभिन्न ठाउँबाट घेराबन्दीमा गरेको बताए ।
‘ जनतालाले आगामी निर्वाचनमा जनताले निर्वाचित गर्ने बताए पनि विभिन्न राजनैतिक दलले त्यसलाई सफल पार्न नदिने बताउँदै आएका छन् । तर राजनैतिक दलहरुले अफ्ठ्यारो बाटोतिर धकेलेपनि आँफू कुनै पनि हालतमा पछाडी नहुने बताएका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले रास्वपाको असहमतिप्रति विभिन्न आरोप लगाउँदै आएको लामिछानेले बताए । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको टिप्पणी रास्वपाले गर्दै आएको सभापति लामिछानेले उल्लेख गरे ।




