राजनीति

मुख्य समाचार : थोरै मतान्तरले चुनाव हारेका उम्मेदवार रिट बोकेर सर्वोच्च जाने क्रम शुरु, संवैधानिक इजलाशमा कहिले होला बहश ?

काठमाडौं । नेपाली काँग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । ललितपुरको एक होटलमा आज केन्द्रीय सदस्य, मीन विश्वकर्मा, नैनसिंह महर, मदनञ अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायत सहभागी थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस् मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न नसकिने बताएका छन् । महासचिव गुरुङले मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताए ।

नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।

नयाँ सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो। बैठकमा सरकारमा सहभागी हुने नहुने, विधान अधिवेशन, प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाबारे छलफल हुने जसपाका नेता मनीष सुमनले जानकारी दिए ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् । पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले डेढ वर्ष माग गरेको थियो । कास्टिलोलाई कम्तीमा १० वर्षको कारावासको सजायको माग गरिएको छ ।

फिफाले क्लब विश्वकपको आयोजना गर्ने घोषणा गरेको छ । फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले क्लब विश्वकप २०२५ देखि ३२ क्लबलाई सहभागी गराएर शुरुवात गर्ने जानकारी दिएका हुन् । फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले २०२५ मा हुने क्लब विश्वकपमा ३२ टिम सहभागी हुने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *