राजनीति

नागरिक उन्मुक्ती पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद

काठमाडौं । यसै चुनावबाट उदय भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २र२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ । भने प्रदेशतर्फ ७ सिट जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *