काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका छन् ।
जापानमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिले विधेयक फिर्ता नगर्ने विश्वास व्यक्त गरे । उनले विधेयक फिर्ता गरे राम्रो नहुने चेतावनी दिदै भने,‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’
राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक अध्ययन गर्ने बताएका समाचार सार्वजनिक भएका थिए ।




