राजनीति

बामदेव गौतमको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘गोलाकारभित्र झुलेका धानका बाला

काठमाडौं । बामदेव गौतमको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

गौतमको नेकपा राष्ट्रिय एकता अभियान नामको दल आयोगमा दर्ता भएको हो । पार्टीको चुनाव चिन्ह भने गोलाकारभित्र झुलेको धानको बाला रहेको छ । पार्टी कार्यालय काठमाडौंमा रहनेछ ।

अध्यक्ष बामदेव गौतम रहेका छन् । उनले विभाजित भएका सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने बताउँदै आएका छन् । गौतमको दल आयोगमा १९० नम्बरमा दर्ता भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *