काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट पुनस्थापना लगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत साउन महिनाभित्र राष्ट्रव्यापी रूपमा विरोध कार्यक्रम सम्पन्न गर्ने र भदौमा उपत्यका केन्द्रित जनसंघवर्ष चलाउनेछ ।




