काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन बाहिरका दलहरूसँग पनि सहकार्यका खुला रहेको बताएको छ ।
काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनबाहेकका दलसँग समेत सहकार्य गर्ने निर्णय गरेको हो । एमालेसँग सहकार्यका लागि भने शर्त अघि सारेको छ । एमालेसँग संवाद शुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने प्रवक्ता खतिवडाले बताए ।
एमालेले नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।




