काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम लक्ष्य उद्धेश्य गन्तव्य केही पनि नभएको टिप्पणी गरेका छन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका नेता बास्कोटाले संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै भने,‘नीति तथा कार्यक्रम लक्ष्य उद्धेश्य, गन्तव्य केही पनि नभएको र पट्यालाग्दो र सत्तापक्षले पनि चारचोटी पनि ताली बजाउन नपाएको छ । उत्साहजनक छैन ।’
उनले यसअघि एमाले सरकारले ल्याएको नीति तथा कार्यक्रमकै निरन्तरता र विस्तारकै रुपमा अहिलेको नीति तथा कार्यक्रम आएको टिप्पणी समेत गरे ।




