काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत प्राप्त गरेका छन् । काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छिन् ।
मतगणनाको शुरुदेखि नै अग्रता बनाइरहेका बालेनले निरन्तर अग्रता कायम राखिरहेका छन् ।




