राजनीति

कांग्रेसले बैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बैशाख २३ गते काठमाडौंमा सभा गर्ने भएको छ ।

कांग्रेस काठमाडौंको आज बसेको बैठकले बैशाख २३ गते काठमाडौंको शान्तिबाटिकामा दिउँसो १ बजे चुनावी सभा गर्ने निर्णय गरेको हो ।

महामन्त्री गगन थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह समेत उपस्थित रहेको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभालाई कांग्रेस पदाधिकारीहरुले समेत सम्बोधन गर्ने जनाइएको छ ।

चुनावी सभामा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले समेत सम्बोधन गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *