काठमाडौं । नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिने भएको छ ।
सत्तारूढ गठबन्धनका शिर्ष नेताहरुका बिचमा भएको सहमतिविपरित समाजवादीले ललितपुर महानगरमा मेयर र उपमेयर उम्मेदवार घोषणा गरेको हो ।
पार्टीले मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा भएको सहमतिअनुसार ललितपुरमा मेयर कांग्रेसलाई दिने सहमति भएको छ । तर समाजवादीले पनि उम्मेदवार घोषणा गरेको हो ।
लतिलपुरका अन्य पालिकाहरुमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका बिचमा मात्रै भागबण्डा गर्ने निर्णय दुबै पार्टीका प्रदेश कमिटिहरुले गरेका थिए । जुन सहमतिमा नेकपा एकीकृत समाजवादीलाई कुनै पालिकामा पनि प्रमुख र उपमप्रमुख दिएका थिएनन्।
त्यसैको विरोधस्वरूप नेकपा एकीकृत समाजवादीले महानगरमा उम्मेदवार घोषणा गरेको हो ।




