राजनीति

एमाले अध्यक्ष ओलीलाई श्रीमती राधिका शाक्यले थर्काइन

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै धर्मपत्नी राधिका शाक्यले थर्काएकी छन् ।

धर्मपत्नी शाक्यले बिहिबार झिसमिसेमै थर्काएको अध्यक्ष ओलीले नै सार्वजनिक गरेका हुन् । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीलाई सपथ ग्रहण गराउने कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका काममा धेरै केन्द्रीत भएर समयमा नसुत्दा धर्मपत्नीले थर्काएको बताए ।

अध्यक्ष ओलीले भने,‘आज म २ घण्टा मात्रै सुतें । मध्यरातको साढे २ बजेसम्म बैठक थियो । त्यसपछि एउटा पुस्तक निकालेर पढ्न थालें । पुस्तक पढ्दा ४ बजिसकेको रहेछ । अनि श्रीमती आएर थर्काएपछि सुतें । तर बिहान ६ बजे त फेरी हल्ला शुरु भइसक्यो । अनि उठें ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *