काठमाडौं । सरकारमा रहेको जसपाले पनि स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
जसपाले सार्वजनिक गरेको घोषणापत्रमा तत्कालिन नेकपाले दिन नसकेको स्थिरता आफ्नो दलले दिएको दाबी गरिएको छ । त्यस्तै वडा र पालिकालाई सेवामैत्री बनाउनेदेखि नगर रेल सञ्चालन गर्नेसम्मको योजना घोषणापत्रमा सार्वजनिक गरिएको छ ।
मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीले समेत आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।




