काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरका लागि काँग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको नगर समितिको बैठकले मोरङ जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला मेयर भीम पराजुली, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्य अमृत अर्याल, डाक्टर डिला संग्रौला, र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरेको हो ।
उपमेयरका लागि नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार लगाएतको नाम सिफारिस गरेको हो ।




