राजनीति

जनसंख्यामा महिला बढि, मतदाता भने पुरुष बढि

काठमाडौं । राष्ट्रिय जनगणनामा कुल जनसंख्यामध्ये महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ छ । पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ । अर्थात, कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ ले बढी छ ।

तर, आगामी स्थानीय तहको चुनावमा निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीमा भने महिला भन्दा पुरुष धेरै छन् ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी चुनावका लागि ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला छन् । अर्थात, २ लाख ५० हजार ४८० जना पुरुष मतदाता बढी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *