गुल्मी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सरकारमा रहेका दलहरुका बिचमा चुनावी गठबन्धन हुने दाबी गरेका छन् ।
गुल्मी सदरमुकाम तम्घास पुगेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलोमा पछार्ने दाबी गर्दै धेरै फुर्ति नलगाउन चेतावनी दिए ।
एमालेका नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई लक्षित गर्दै उनले भने,‘हाम्रो पार्टीभन्दा माओवादी पनि कम छ । केपी ओली बिचरा कुनामा अध्यारोमा निन्याउरो अनुहार लगाएर बसेका छन् । यीनका फ्र्ति गुल्मीमा पनि नलगाए हुन्छ । गुल्मी जिल्लामा पनि धुलोमा पछारेपछि बल्ल यीनीहरुको चेत खुल्नेछ ।’
कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले देशका अन्य स्थानमा चुनावी तालमेल नभएपनि गुल्मीमा तालमेल गर्ने बताइन् ।




