राजनीति

अब लोसपा पनि सरकारमा सहभागी हुने

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा आउन आग्रह गरेको र सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताएका हुन् ।

सरकारमा सहभागिता हुनका लागि नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *