राजनीति

अन्ततः एमाले र राप्रपा नेपालका बिचमा चुनावी तालमेल हुने

काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालका बिचमा चुनावी तालमेल हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका हुन् । चुनावी तालमेलका बारेमा एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताएका छन् ।

गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल दल गठन गरेका थापाले एमालेसँग चुनावी तालमेल गर्ने घोषणा गरेको भएपनि एमालेले भने कुनै निर्णय गरिसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *