काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४औं सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेशिया प्रस्थान गरेको छ।
अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ६ देखि १ण् बालीमा हुने सम्मेलनमा भाग लिन प्रस्थान गरेको अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलुका त्यसतर्फ प्रस्थान गरेको हो ।
सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड–१९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशंकर अरगरिया सहभागी छन् ।
त्यस्तै संघीय संसदका महासचिव डाब्टर भरतराज गौतम, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाल लगाएत रहेका छन् । सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत ११ शुक्रवार नेपाल फर्कने कार्यतालिका रहेको छ ।




