राजनीति

विप्लव पनि आगामी चुनावमा सहभागी हुनसक्ने संकेत

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कमिटिको बैठक शुरु भएको छ ।

शुक्रबारबाट कपिलबस्तुमा शुरु भएको बैठकमा महासचिव विप्लवले वैशाख ३० गते हुने स्थानीय चुनावलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गर्नुपर्ने उल्लेख गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

केन्द्रीय कमिटिको बैठकअघि विप्लव नेतृत्वको नेकपाका नेताहरुले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग एकवर्षअघि भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *