काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहका उम्मेदवार टनोट गर्ने विधि टुंगो लगाएको छ ।
मंगलबार बसेको एमाले केन्द्रीय समितिको बैठकले उममेदवार टुङगो लगाउने विधि पारित गरेको हो । जसअनुसार महानगर र उपमहानगरको मेयर, उपमेयरको उम्मेदवार केन्द्रले तय गर्नेछ ।
त्यस्तै नगर, गाउँपालिका प्रमुख, उपप्रमुख उम्मेदवार, महानगरका वडाध्यक्ष र सदस्य प्रदेश कमिटीले छनोट गर्नेछ भने नगर र गाउँपालिकाको वडाअध्यक्ष र सदस्य जिल्ला कमिटीले छनोट गर्नेछ ।




