राजनीति

चुनावका बारेमा निर्वाचन आयोगले दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका बारेमा राजनीतिक दललाई आयोगले गरेको अहिलेसम्मको जानकारी गराउने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे आयोगले छलफलका लागि बोलाएको हो ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *