काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा पार्टीभित्र देखिएको गम्भिर मतभेदलाई तल्लो तहसम्मै बहशमा लैजाने निर्णय भएको दाबी गरेका छन् ।
एमसीसीका बारेमा खास छलफल नगरेर आगामी जेठमा हुने केन्द्रीय कमिटिको बैठकमा बहश गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता श्रेष्ठले भने एक महिनाभित्रमा टुंगो लगाउने निर्णय भएको दाबी गरेका हुन् ।
‘हाम्रो पार्टीको हिजो सम्पन्न के स को बैठकले पार्टी भित्र रहेको एमसिसि सम्झौता बारेको गम्भीर मतभेदका सम्बन्धमा पार्टीमा तलैसम्म ब्यापक बहश चलाएर टुङ्गो लगाउने निर्णय गरेको छ।’ श्रेष्ठले भनेका छन्,‘त्यसका लागि ज्येष्ठ २० गते देखि बहश (फोरम) सञ्चालन गरी करीब १ महिनामा निष्कर्षमा पुर्याउने निर्णय गरिएको छ ।’
माआवादी केन्द्रको केन्द्रीय कमिटिको बैठक सोमबार सकिएको थियो ।




