काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ ।
शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी २७ गते चुनाव गर्ने निर्णय गरेको हो ।
सार्वजनिक गरिएको विवरणअनुसार मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन हुनेछ ।




