राजनीति

स्थानीय तहको चुनावको तयारी थाल्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रदेश कमिटीहरूलाई सोमबार परिपत्र जारी गर्दै अध्यक्ष प्रचण्डले नगर/गाउँ पालिकामा पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउन निर्देशन दिएका हुन् ।

मूल परिचालन समितिअन्तर्गत अध्ययन, सर्वेक्षण तथा विश्लेषण, स्वयंसेवक परिचालन, सूचना, सञ्चार तथा प्रचार व्यवस्थापनलगायत उपसमितिहरू बनाउन पनि उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *