काठमाडौं । जसपा संघीष् परिषद् अध्यक्ष डाक्टर वावुराम भट्टराईले एमसीसी संसदमा टेवल हुनु सकारात्मक रहेको बताएका छन् ।
संसदमा एमसीसी टेवल भएपछि अब त्यही छलफल गरेर राष्ट्रिय हितमा निर्णय गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई छ । एमसीसी संसदमा टेवल हुनु सकारात्मक रहेको भन्दै उनले भनेका छन्,‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमाः एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक छ ।’
संसदमा अब एमसीसीबारे थप छलफल गर्नुपर्ने न्दै उनले भने,‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं । दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं ।’




