राजनीति

कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । संसद बैठकको अघिल्लो दिन बस्ने कांग्रेस संसदीय दलको बैठकमा एमसीसी टेवल गर्ने र प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोगका बारेमा छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *