काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि त्यसकै बारेमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।
सरकारमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली ओली निवास बालकोटमा जारी बैठकमा महाअभियोगको विषयमा छलफल भइरहेको जनाइएको छ । एमालेले आधिकारिक धारणा बनाउन भोलि संसदीय दलको बैठक बोलाएको छ ।




