काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे दर्ता भएको कुरा एमालेलाई थाहा नभएको बताएका छन् ।
नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताए । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । महाअभियोग दर्ता भयो भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भने ।
महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको उनले बताए । ‘छलफल गर्छौं, सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं’, नेम्वाङले भने ।




