काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रका हुम्लाका नेताहरुलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले प्रचण्ड समुह नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका हुन् ।
उनले भने,‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला( त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’
२०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित पूर्वसभासद् छिमी दोर्ची लामाको नेतृत्वमा हुम्लाका नेताहरु एमाले प्रवेश गरेका हुन् । माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका हुन् ।




