राजनीति

ओलीले केन्द्रीय सदस्य नबनाएका भट्टराईले भने, कोही खुसी र दुखी हुनुपर्ने कारण छैन

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई केन्द्रीय सदस्यभन्दा महत्वपुर्ण जिम्मेवारी दिने सहमति बनेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीका पक्षमा लामो समयदेखि रहँदै आएका भट्टराईलाई केन्द्रीय सदस्यमा प्रस्ताव नगरेका बारेमा टिप्पणी भइरहेका बेला उनले भनेका छन्,‘खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ ।’

अहिले पनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेको र थप भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक रहने उनले बताएका छन् । केन्द्रीय सदस्य नबनेकै कारणले भूमिका नखुम्चिने र कमजोर समेत नबन्ने बताएका उनले कसैलाई पनि खुसी र दुखी नबन्न आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *