काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आगामी महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
अध्यक्ष थापाले सोमबार काठमाडौंको राष्ट्रियसभागृहबाट अध्यक्षको उम्मेदवारी घोषणा गर्न लागेका हुन् । राप्रपा अध्यक्षका लागि नेता राजेन्द्र लिङ्देनले समेत उम्मेदवारी दिने तयारी थालेका छन् ।
छिन्नभिन्न अबस्थामा रहेका तत्कालिन राप्रपाका तिनवटा पार्टीका बिचमा भएको एकिककरणपछि अधिवेशन हुन लागेको हो ।




