राजनीति

सहमतिमै नेतृत्व चयन हुने एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सहमतिमै नेतृत्व चयन हुने दाबी गरेका छन् ।

एमाले बाग्मती प्रदेश कमिटिले गरेको कार्यक्रममा महासचिव पोखरेलले १०औं महधिवेशनमा सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् । पोखरेलले नेतृत्व चयनका लागि प्यानल नबनाउने र सूची पनि नबाँड्ने दाबी गरे ।

उनले भने,‘हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं । हामीलाई व्यक्तिगतरूपमा साथीहरूले मत दिनुहुन्छ ।’ एमालेको महाधिवेशन यसै महिनाको १० गतेदेखि चितवनमा शुरु हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *