राजनीति

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं । राप्रपाले सातवटै प्रदेशको अधिवेशन सम्पन्न गरेको छ ।

एकैदिन सबै प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको राप्रपाले प्रदेश नम्बर एकमा राम थापा, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रदेश नम्बर दुईमा भरत गिरी, वाग्मती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

राप्रपाको महाधिवेशन मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन हुँदैछ । त्यसका लागि मंसीर ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *