राजनीति

विप्लव नेतृत्वको नेकपाले भन्यो– माओवादीसँग एकताका लागि छलफल भएको छैन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।

नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पत्रकार सम्मेलन गर्दै चुनावमा पराजय हुने डरले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने बताए ।

बास्तोलाले आफूहरुले वर्तमान संसदीय व्यवस्था परिवर्तका लागि जनमत संग्रह गर्नुपर्ने भन्दै अहिलेकै अबस्थामा चूनावमा सहभागी हुन नसक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *